मकवानपुर — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा कुल बजेट ६७ अर्ब ४७ करोडमध्ये केवल १५ अर्ब रुपैयाँ (२२.३१%) मात्र खर्च गरेको छ। पुँजीगत खर्च न्यून हुँदा विकास निर्माण प्रभावित भएको छ।
सबैभन्दा बढी खर्च श्रम, रोजगार तथा यातायात (३८.४५%) र स्वास्थ्य (३७.१०%) मन्त्रालयले गरेका छन्। भौतिक पूर्वाधार २३.४६%, कृषि १७.७५%, खानेपानी/ऊर्जा/सिँचाइ १९.७१%, संस्कृति तथा पर्यटन ७.६३% मात्र खर्च भएको छ।
सरकार परिवर्तन, आन्दोलन र ठेक्का प्रक्रियामा ढिलाइले खर्च सुस्त भएको बताइएको छ। अब बाँकी ४ महिनामा ठूलो परिमाणमा खर्च गर्नुपर्ने दबाब रहेको छ।


