डोल्पा — भेरी कोरिडोरअन्तर्गत लासीक्याप–सिसौल ३३ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइने भएको छ। अत्यन्तै भिरालो र कडा चट्टानी भूभाग भएकाले पहिले ट्रयाक खोल्न पनि कठिन भएको थियो। यो सडक बाँकेको जमुनाहदेखि डोल्पा हुँदै तिब्बतको सीमासम्म पुग्ने भेरी कोरिडोरको हिस्सा हो र नेपाल, भारत र चीन जोड्ने रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मार्ग मानिन्छ।


