काठमाडौं । घोडेजात्रा आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ। चैत्र कृष्ण औँसीका दिन पर्ने यस पर्वका अवसरमा नेपाली सेना ले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै अश्वकला, युद्धकला र विभिन्न प्रदर्शन प्रस्तुत गर्नेछ।
गुरुमापा नामक राक्षसलाई परास्त गर्ने जनविश्वाससँग जोडिएको यो पर्व उपत्यकाको सांस्कृतिक पहिचानका रूपमा मनाइन्छ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।


