Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > सरकारी विद्यालयमा पढाउँदा अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा

सरकारी विद्यालयमा पढाउँदा अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा

पोखरा — पोखरा महानगरपालिका वडा नम्बर १२ ले सामुदायिक विद्यालयमा बालबच्चा पढाउने अभिभावकका लागि निःशुल्क स्वास्थ्य बीमा योजना सुरु गरेको छ।

कार्यक्रमअन्तर्गत अभिभावकले वार्षिक ३,५०० रुपैयाँ प्रिमियम बराबरको १ लाखसम्मको स्वास्थ्य उपचार सुविधा पाउनेछन्, जसको खर्च वडा कार्यालयले बेहोर्नेछ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार सरकारी विद्यालयप्रति आकर्षण बढाउन तथा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले योजना लागू गरिएको हो।

वडामा रहेको अमरसिंह माध्यमिक विद्यालय, शीतलादेवी सामुदायिक विद्यालय लगायत विद्यालयमा करिब ४,३०० विद्यार्थी अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *