Thursday, March 19, 2026
Home > खेलकुद समाचार > पर्यटक भिसाका विदेशी खेलाडीलाई लिगमा खेलाउन नदिन एन्फालाई निर्देशन

पर्यटक भिसाका विदेशी खेलाडीलाई लिगमा खेलाउन नदिन एन्फालाई निर्देशन

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि फुटबल प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ। केही क्लबहरूले पर्यटक भिसामा आएका खेलाडीलाई लिगमा खेलाएको उजुरीपछि विभागले यस्तो कदम चालेको हो। अध्यागमन नियमावली, २०५१ अनुसार भिसाको उद्देश्य बाहिरका गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था छ। विभागले आवश्यक कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडी सहभागी गराउन आग्रह गरेको छ। साथै, आजैदेखि अनुगमन सुरु गरिएको र नियम उल्लंघन गरे कारबाही हुने चेतावनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *