Friday, March 20, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभा सदस्यमा अर्यालको सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

राष्ट्रियसभा सदस्यमा अर्यालको सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ — राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

आधिवक्ता मनिषकुमार श्रेष्ठले अर्यालको सिफारिस ‘कुलिङ अफ पिरियड’ र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट विपरीत भएको दाबी गर्दै रिट निवेदन पेश गरेका छन्। मन्त्रीपरिषदले आइतबार अर्याललाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये एक सिटमा सिफारिस गरेको थियो।

रिटको पेशी चैतको अन्त्यतिर तोकिएको छ। यसबारे प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच मतभेद पनि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *