काठमाडौं — सिंहदरबारमा संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभा बैठक सञ्चालन तयारीका लागि सर्वदलीय बैठक जारी छ।
बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू सहभागी छन्। समानुपातिक सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
संघीय संसद् सचिवालयले चैत १२ गते सांसदहरूको शपथ गराउने तयारी गर्दैछ। प्रतिनिधिसभामा ६ दलले प्रतिनिधित्व गर्दैछन्, जसमा रास्वपा सबैभन्दा ठूलो दल (१८२ सिट), कांग्रेस (३८ सिट), एमाले (२५ सिट), नेपाली कम्युनिस्ट पार्टी (१७ सिट), श्रम संस्कृति पार्टी (७ सिट) र राप्रपा (५ सिट) रहेका छन्।


