काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्ने रहेको छ। स्रोतका अनुसार बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने सहमति औपचारिक रूपमा अनुमोदन गरिनेछ।
सभापति रवि लामिछाने ले संगठन सम्हाल्ने र शाहले संसदीय नेतृत्व गर्ने समझदारीलाई अन्तिम रूप दिने तयारी छ। साथै, बैठकमा सरकार गठन, राजनीतिक रणनीति र शपथ ग्रहण तयारीबारे पनि छलफल हुने जनाइएको छ।


