विराटनगर — मधेश तथा तराई क्षेत्रका विभिन्न स्थानमा आज चैती छठ पर्वको मुख्य दिन श्रद्धापूर्वक मनाइँदैछ। व्रतालुहरूले साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छन्।
चार दिनसम्म चल्ने यस पर्वअन्तर्गत व्रतीहरूले ठेकुवा, खजुरिया लगायतका प्रसाद लिएर घाटमा पुगेर पूजा गर्ने परम्परा छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन हुनेछ।


