काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको तयारीसँगै मन्त्रालय संख्या घटाएर सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने योजना अघि बढाएको छ।
निर्वाचन प्रतिबद्धताअनुसार प्रशासनिक खर्च कटौती र छरितो निर्णय प्रक्रियाका लागि मन्त्रालय संख्या १८ वा १५ मा सीमित गर्ने विषयमा आन्तरिक छलफल भइरहेको छ।
नेपालको नेपालको संविधान, २०७२ ले २५ सदस्यीय मन्त्रिपरिषद् अनुमति दिए पनि रास्वपाले सानो सरकारमार्फत सुशासन सुरु गर्ने रणनीति लिएको हो।यसका लागि नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ संशोधन गर्ने विकल्पमा पनि छलफल भइरहेको छ।
प्रशासनविद्हरूले पनि मन्त्रालय घटाएर कार्यक्षमता बढाउन सकिने बताउँदै यसलाई सकारात्मक कदम मानेका छन्।


