काठमाडौँ — विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा सभामुखले प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा निकायलाई गोली प्रहार रोक्ने प्रत्यक्ष आदेश दिन सक्ने कानुनी व्यवस्था नभएको बताएका छन्।
घिमिरेले आयोगमा बयान दिँदै संसद् भवनको सुरक्षा सिंगल कमान्ड प्रणाली र स्पष्ट प्रोटोकलअनुसार आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुझाव दिएका छन्। उनले भदौ २३ र २४ गते आन्दोलनको जोखिम कसैले नअटाए र सुरक्षा तयारी पर्याप्त नभएको उल्लेख पनि गरेका छन्।


