Friday, June 05, 2026
Home > मुख्य समाचार > जेनजी आन्दोलनमा राजनीतिक दलका कार्यकर्ताको संलग्नता पुष्टि

जेनजी आन्दोलनमा राजनीतिक दलका कार्यकर्ताको संलग्नता पुष्टि

काठमाडौं। भदौ २३–२४ गतेको ‘जेनजी आन्दोलन’मा राजनीतिक दलका स्थानीय नेता र कार्यकर्ताले उग्र हिंसामा घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाट बढाएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।

आयोगको प्रतिवेदन अनुसार रास्वपा, एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताहरू प्रत्यक्ष संलग्न थिए। भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतमा क्षति पुगेको थियो। त्यस दिन २० जनाको मृत्यु, १,३४२ हतियार लुटिने र १४,५५५ कैदीबन्दी फरार हुने तथ्यांक प्रतिवेदनमा उल्लेख छ।

आयोगले तत्कालीन प्रधानमन्त्री, गृह मन्त्री र प्रहरी नेतृत्वलाई कारबाहीको सिफारिस गर्दै हिंसा भड्काउन सामाजिक सञ्जाल र समूहहरूको भूमिका पनि उल्लेख गरेको छ। सरकारले प्रमाण र फुटेजको आधारमा विस्तृत अनुसन्धान गर्ने सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *