Friday, June 05, 2026
Home > मुख्य समाचार > एमाले प्रदर्शनअघि देशभर प्रहरी हाई अलर्ट

एमाले प्रदर्शनअघि देशभर प्रहरी हाई अलर्ट

काठमाडौँ । नेपाल प्रहरी ले एमालेको प्रदर्शनलाई ध्यानमा राख्दै आज बिहान ८ बजेदेखि देशभरका सुरक्षाकर्मीलाई स्ट्याण्डबाई ड्युटीमा राखेको छ।

केपी शर्मा ओली र रमेश लेखक पक्राउको विरोधमा हुने कार्यक्रमका कारण सशस्त्र प्रहरीको गस्ती पनि बढाइएको छ।

काठमाडौँका निषेधित क्षेत्र र संवेदनशील स्थानमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने अत्यावश्यक बाहेक बिदा रोकिएको छ। सम्भावित भिड नियन्त्रणका लागि आवश्यक सबै तयारी पूरा गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *