काठमाडौं — अमिशा पराजुली ले एमाले अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध बोलेपछि आफू साइबर दुर्व्यवहारको शिकार बनेको बताएकी छन्।
सामाजिक सञ्जालमा भाइरल भिडियोपछि आफूलाई गालीगलौज र बलात्कारको धम्की आएको भन्दै उनले दोषीमाथि कारबाहीको माग गरेकी छन्। बोल्ने स्वतन्त्रताको प्रयोग गर्दा अपमानित बनाइएको उनको गुनासो छ।
उनले महिलामाथि हुने यस्तो आक्रमण रोक्न सरकार र सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा मर्यादित व्यवहार आवश्यक रहेको उल्लेख गरेकी छन्।


