इटहरी — चैत २२ देखि २८ गतेसम्म इटहरीमा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोली सहभागी हुनेछन्। विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
पूर्वखेलाडीलाई सक्रिय बनाउने र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।


