Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेपालको पेट्रोलियम भण्डारणले ७-८ दिनको माग मात्र धान्छ

नेपालको पेट्रोलियम भण्डारणले ७-८ दिनको माग मात्र धान्छ

नेपाल आयल निगमको भण्डारण क्षमता अहिले ७ देखि ८ दिनको मात्र माग धान्ने अवस्थामा छ, जसले इन्धन आपूर्ति व्यवस्थापनमा चुनौती थपेको छ। निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ निर्धारण भएको छ।

हालैको मूल्य समायोजनपछि निगमले १५ दिनमा ११ अर्ब ७१ करोड रुपैयाँ नोक्सानी भोगिरहेको बताएको छ। निगमका अनुसार, पेट्रोल, डिजेल र ग्यासको दैनिक खपत उच्च रहेको र मासिक नोक्सानी २३/२४ अर्ब रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *