काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (चैत २७) दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई सम्बोधनका लागि पत्र पठाइसकेको छ भने सचिवालयले छिट्टै सूचना प्रकाशन गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
पौडेलले यो सम्बोधन फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् संसद्को अधिवेशनमा गर्ने संविधानले व्यवस्था गरेको छ।


