Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारीका लागि कार्यतालिका तय

प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारीका लागि कार्यतालिका तय

काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका उम्मेदवारका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ।

प्रतिनिधिसभा सचिव हर्कराज राईका अनुसार दिउँसो २:३० बजे उम्मेदवारीको सूचना क्रमअनुसार प्रकाशित गरिनेछ। २७ गते अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्ताव पेश गरी छलफलपछि उपसभामुख चयन गरिनेछ।

सत्तारुढ रास्वपाको समर्थन पाउने दलबाट उपसभामुख चयन हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *