काठमाडौं। प्रतिनिधिसभाबाट आज चयन हुने उपसभामुखको शपथ साँझ ६ बजे गराइने तय भएको छ।
दिउँसो ४ बजे बस्ने बैठकबाट उपसभामुख चयन गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएपछि रुवीकुमारी ठाकुरको सम्भावना बलियो देखिएको छ, भने सरस्वती लामा पनि प्रतिस्पर्धामा छिन्।


