काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।
दीपक साहलाई बर्खास्त गरेपछि खाली रहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ। यसैगरी प्रधानमन्त्रीले आफैं सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरी कुमारी यादवलाई दिइएको छ।
दुवै मन्त्री प्रतिनिधिसभा सदस्य हुन्। उनीहरूको शपथ आजै हुने जनाइएको छ।


