काठमाडौं — प्रतिनिधिसभा सञ्चालनका लागि नयाँ नियमावली तयार पार्ने मस्यौदा समितिको बैठक सिंहदरबारमा जारी छ।
गणेश पराजुली को सभापतित्वमा १५ सदस्यीय समितिले संसद् सञ्चालनलाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा छलफल गरिरहेको छ।
समितिले विभिन्न दफा र प्रावधानमा संशोधन प्रस्तावमाथि छलफल गर्दै नयाँ नियमावलीलाई अन्तिम रूप दिने तयारी गरेको छ।


