गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई लागुऔषध र अन्य आपराधिक गतिविधि नियन्त्रणमा कडाइका साथ निर्मम भएर काम गर्न निर्देशन दिएका छन्। भरतपुरमा आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्दै जनताले अनुभूति गर्नेगरी सेवा प्रवाह गर्न जोड दिएका हुन्।
उनले सडक र पूर्वाधार समस्याबारे पनि निरीक्षण गर्दै छिटो समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।


