Friday, June 05, 2026
Home > खेलकुद समाचार > आसिफ शेखको दोहोरो शतक, एपीएफले बनायो कीर्तिमानी ३९० रन

आसिफ शेखको दोहोरो शतक, एपीएफले बनायो कीर्तिमानी ३९० रन

वीरगञ्ज । एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट इतिहासमै पहिलो दोहोरो शतक बनाएका छन्।

मधेश प्रदेशविरुद्धको खेलमा आसिफले १४२ बलमा २०८ रन (१७ छक्का, १५ चौका) बनाउँदै ‘रिटायर्ड हर्ट’ भए। उनले सर्वाधिक रन, छक्का र चौका प्रहारको कीर्तिमान पनि बनाएका छन्।

आसिफको उत्कृष्ट प्रदर्शन र अन्य ब्याटरहरूको योगदानमा एपीएफले प्रधानमन्त्री कपमा इतिहासकै सर्वाधिक ३९० रनको योगफल खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *