Friday, June 05, 2026
Home > आर्थिक समाचार > १५ दिनमै ८ अर्ब घाटामा आयल निगम

१५ दिनमै ८ अर्ब घाटामा आयल निगम

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाल आयल निगमले १५ दिनमै करिब ८ अर्ब रुपैयाँ घाटा व्यहोरेको जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खरिद लागत उच्च हुँदा स्वदेशी बिक्री मूल्य कम भएकाले ठूलो घाटा भएको हो।

हाल पेट्रोल, डिजेल र ग्यासमा प्रतिइकाइ घाटा जारी रहेको भन्दै निगमले मूल्य समायोजनको दबाब बढेको संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *