Friday, June 05, 2026
Home > मुख्य समाचार > राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ७% आर्थिक वृद्धिको लक्ष्य

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ७% आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । आगामी पाँच वर्षका लागि सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरिएको छ, जसमा आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको छ।

प्रतिबद्धताअनुसार देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। गरिबी दर १० प्रतिशतमा झार्ने योजना पनि समावेश छ। त्यस्तै ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) निर्यात गर्ने देशका रूपमा विकास गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गरिएको छ।

पूर्वाधार, पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै समग्र विकासलाई तीव्र बनाउने सरकारको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *