Friday, June 05, 2026
Home > मुख्य समाचार > मुख्यमन्त्रीहरूसँग आज प्रधानमन्त्री बालेनको छलफल

मुख्यमन्त्रीहरूसँग आज प्रधानमन्त्री बालेनको छलफल

काठमाडौंमा आज प्रधानमन्त्री बालेन्द्र शाह ले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग पहिलोपटक छलफल गर्दैछन्। बैठक दिउँसो २ बजे सिंहदरबार मा हुने छ।

छलफलमा विकास निर्माणलाई गति दिने, स्रोत–साधनको उचित बाँडफाँट, तथा प्रदेशका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ। साथै, केन्द्र–प्रदेश सहकार्य मजबुत बनाउने र राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका उपायबारे पनि छलफल हुनेछ।

यो बैठक संघीयता कार्यान्वयन सुदृढ गर्दै सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *