Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > मध्यपूर्वमा कूटनीतिक गतिविधि तीव्र, पाकिस्तानका प्रधानमन्त्रीको दौडधुप

मध्यपूर्वमा कूटनीतिक गतिविधि तीव्र, पाकिस्तानका प्रधानमन्त्रीको दौडधुप

मध्यपूर्वमा अमेरिका–इरान वार्ता पुनः सुरु हुने संकेतसँगै क्षेत्रीय कूटनीति तीव्र बनेको छ। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि साउदी अरब पुगेका छन्।

उनले साउदी युवराज मोहम्मद बिन सलमानसँग भेट गर्ने कार्यक्रम छ, जहाँ क्षेत्रीय सुरक्षा, ऊर्जा संकट र अमेरिका–इरान वार्ता मुख्य एजेन्डा रहनेछ। त्यसपछि उनी कतार र टर्कीको भ्रमणमा जानेछन्।

यसैबीच साउदी अरबले पाकिस्तानलाई आर्थिक सहयोग र निक्षेप विस्तार गर्ने घोषणा गरेको छ। साथै, पाकिस्तानी सेना प्रमुखको टोली इरान पुगेको छ, जसले क्षेत्रीय तनाव घटाउन कूटनीतिक प्रयासलाई थप गति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *