Friday, June 05, 2026
Home > मुख्य समाचार > आमाको मुख हेर्ने पर्व आज, देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज, देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै

काठमाडौं । आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसीका अवसरमा देशभर ‘आमाको मुख हेर्ने पर्व’ मनाइँदैछ। यस दिन सन्तानले आमाप्रति माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै मिठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ।

जीवित आमालाई सम्मान गर्ने तथा दिवङ्गत आमाको सम्झनामा तर्पण र पिण्डदान गर्ने चलन पनि रहिआएको छ। विशेष गरी काठमाडौंको मातातीर्थमा स्नान र पूजाआजासहित मेला लागेको छ।

नेपाली संस्कृतिमा आमालाई उच्च स्थान दिइने भएकाले यो पर्व भावनात्मक र सांस्कृतिक रूपमा विशेष महत्व राख्छ।

फोटो :प्रतिकात्मक तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *