काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गल्ती गर्ने जोसुकै भए पनि कारबाही गर्ने बताएका छन्। सुरक्षा पत्रकारसँगको भेटमा उनले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने स्पष्ट पारे।
उनले “गल्ती गर्नेलाई अनुहार नहेरी कारबाही गर्छु” भन्दै कानुन सबैका लागि बराबर हुने बताए। साथै, भीआईपी मुद्दामा अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही पक्राउपछि अदालतबाट छाडिएको उदाहरण पनि दिए।
गुरुङले अब कानुन अध्ययन गरेर कारबाही प्रक्रिया अझ प्रभावकारी बनाउने र गल्ती गर्नेलाई छुट नदिने दाबी गरेका छन्।


