Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैदेशिक रोजगार विज्ञापनमा सम्पर्क विवरण अनिवार्य गर्न विभागको निर्देशन

वैदेशिक रोजगार विज्ञापनमा सम्पर्क विवरण अनिवार्य गर्न विभागको निर्देशन

काठमाडौं — वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीका लागि प्रकाशित हुने विज्ञापनमा सम्पर्क व्यक्तिको स्पष्ट विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।

विभागका अनुसार इजाजतपत्रप्राप्त संस्थाहरूले श्रमिक माग गर्दा विज्ञापनमा आधिकारिक सम्पर्क व्यक्तिको नाम, फोन नम्बर र ठेगाना अनिवार्य उल्लेख गर्नुपर्छ। तर यस्ता विवरण अस्पष्ट हुँदा आवेदकहरूले सम्पर्क गर्न नसकेको गुनासो आएपछि विभागले ध्यानाकर्षण गराएको हो।

निर्देशनअनुसार अब सबै विज्ञापनमा सम्पर्क विवरण स्पष्ट राख्नुपर्नेछ, अन्यथा कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *