Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा, १० करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आरोप

भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा, १० करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आरोप

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तिवारीसहित तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई कागजातमा हेरफेर गरी गलत लिखत तयार गरेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यसअघि पनि तिवारीविरुद्ध साढे १० करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा छुट्टै मुद्दा दायर भइसकेको थियो।

अख्तियारले उनीहरूलाई कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *