जेनजी आन्दोलनका क्रममा जलेका ४९ शवमध्ये सात जनाको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती शव कंकाल अवस्थामा फेला परेकाले डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया जारी छ।
भदौ २३ र २४ को आन्दोलनका क्रममा भएका आगलागी घटनापछि शवहरू विभिन्न स्थानबाट भेटिएका थिए।


