Friday, June 05, 2026
Home > मुख्य समाचार > अब १५ दिनभित्र ट्रान्सक्रिप्ट, नागरिक एपबाटै हेर्न सकिने

अब १५ दिनभित्र ट्रान्सक्रिप्ट, नागरिक एपबाटै हेर्न सकिने

काठमाडौं — विश्वविद्यालयको परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि विश्वविद्यालयका उपकुलपतिहरू यसमा सहमत भएका हुन्।

अब विद्यार्थीले शैक्षिक प्रमाणपत्र डिजिटल रूपमा प्राप्त गर्न सक्नेछन्, जसका लागि विश्वविद्यालयहरूले १५ दिनभित्र आवश्यक एप वा पोर्टल तयार गरी नागरिक एपसँग जोड्ने निर्णय गरिएको छ।

यसैगरी, नतिजा प्रक्रियालाई पारदर्शी बनाउन छुट्टै ‘नतिजा पोर्टल’ पनि निर्माण गरिने भएको छ, जसले परीक्षा व्यवस्थापनलाई छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *