Friday, June 05, 2026
Home > खेलकुद समाचार > रारा गोल्डकप फुटबल वैशाख १८ देखि राजारानीमा

रारा गोल्डकप फुटबल वैशाख १८ देखि राजारानीमा

धनकुटा — रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिताको १३औं संस्करण वैशाख १८ देखि २२ गतेसम्म धनकुटाको राजारानीमा हुने भएको छ। पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा सहलेस एफसी सर्लाही, बिर्तामोड युनाइटेड, आरआइएफसी काठमाडौं, केराबारी एफसी, धरान एफसी, गाईघाट एफसी र डाँडाबजार एफसी सहभागी हुनेछन्।

विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी, गोलकिपर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार दिइनेछ।

आयोजकले प्रतियोगिताबाट खेलकुद विकाससँगै राजारानी क्षेत्रमा खेल पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन हुने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *