सुनसरी — इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय २०/२० क्रिकेट प्रतियोगिता वैशाख १५ देखि २१ सम्म हुने भएको छ। प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा नकआउट आधारमा खेलाइनेछ।
आयोजक आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार कोशी प्रदेशका १२ टिम सहभागी हुनेछन्। प्रतियोगितामा इटहरी, धरान, विराटनगर, इनरुवा, दुहबी, बराहक्षेत्र, मेचीनगर, त्रियुगा, कटहरी र सुनवर्षी लगायतका टिम प्रतिस्पर्धामा छन्।
विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत पुरस्कार पनि प्रदान गरिनेछ।
अघिल्ला दुई संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो।


