संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहलाई यस प्रणाली तत्काल लागू गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले कार्यालयमा कर्मचारीको उपस्थितिको अभिलेख विद्युतीय प्रणालीमार्फत नै राख्नुपर्ने र कुनै कार्यालयमा प्रणाली नभए पनि दैनिक उपस्थिति (आउने–जाने समय) अनिवार्य रूपमा डिजिटल रूपमा अभिलेख गर्नुपर्ने जनाएको छ ।
साथै, प्रत्येक १५–१५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित रूपमा राख्न पनि निर्देशन दिइएको छ ।


