काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल ओखलढुंगामा एक विद्यालयका प्रधानाध्यापकलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका छन्।
स्वागत गर्न नआएको भन्दै उनले ‘म आउँदा निस्किनुपर्छ, तपाईं कर्मचारी हो’ भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
यद्यपि, उनको सचिवालयले भने घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गरेको छ।


