काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती शनिबार बिहान ठूलो सुरक्षाकर्मी परिचालनसँगै ‘चुपचाप’ खाली गराइएको छ। अघिल्ला प्रयासमा झडप भए पनि यसपटक स्थानीयले सामान सार्दै बिना प्रतिरोध बस्ती छाडेका छन्।
महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच डोजर प्रयोग गरी अस्थायी टहरा भत्काएका छन्। दुई दिनअघि नै बस्ती खाली गर्न सूचना दिइएकाले धेरैले पहिले नै सामान सारिसकेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रभावितलाई खाना र अस्थायी बसोबासको व्यवस्था गर्ने जनाएको छ। तर, वर्षौँदेखि बस्दै आएका स्थानीयले पर्याप्त समय नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।


