Friday, June 05, 2026
Home > मुख्य समाचार > थापाथली–गैरीगाउँबाट हटाइएका २१९ परिवारका ९९७ सुकुम्बासी रंगशालामा सारिए

थापाथली–गैरीगाउँबाट हटाइएका २१९ परिवारका ९९७ सुकुम्बासी रंगशालामा सारिए

काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगललगायत क्षेत्रबाट हटाइएका सुकुम्बासीमध्ये २१९ परिवारका ९९७ जना दशरथ रंगशालामा पुगेका छन्।

बस्ती खाली गरिएपछि अन्त बस्ने व्यवस्था नभएका परिवारलाई प्रारम्भिक रूपमा रंगशालामा लगेर विवरण संकलन गरिएको हो। त्यसपछि उनीहरूलाई विभिन्न अस्थायी होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने काम भइरहेको छ।

अधिकारीहरूका अनुसार अहिलेसम्म २१९ परिवारको विवरण दर्ता भइसकेको छ भने केही परिवारलाई कीर्तिपुरस्थित सत्संग भवन लगायतका स्थानमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *