Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वीपी राजमार्गमा वर्षाका कारण ६२७ यात्रुको उद्धार, ८ स्थानमा डाइभर्सन बनाउँदै

वीपी राजमार्गमा वर्षाका कारण ६२७ यात्रुको उद्धार, ८ स्थानमा डाइभर्सन बनाउँदै

वर्षाका कारण वीपी राजमार्ग मंगलटारमा अवरुद्ध हुँदा ६ सय २७ यात्रुलाई आइतबार उद्धार गरिएको छ। रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि यात्रुहरू झोलुङ्गे पुलमार्फत भकुण्डेसम्म पुर्‍याइएका थिए। स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले फसेका यात्रुलाई फलफूल, चाउचाउ, पानी र फ्रुटी वितरण गरे। बाढीको असर कम भएपछि आठ स्थानमा डाइभर्सन बनाउने काम सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *