Friday, June 05, 2026
Home > खेलकुद समाचार > अपराजित नेपाल सेमिफाइनलमा, अब श्रीलंकासँग भिडन्त

अपराजित नेपाल सेमिफाइनलमा, अब श्रीलंकासँग भिडन्त

काठमाडौं । छैटौँ एसियन बिच गेम्स २०२६ अन्तर्गत नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

अन्तिम समूह खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो। यसअघि नेपालले चाइनिज ताइपेई र थाइल्यान्डलाई पनि हराएको थियो।

सेमिफाइनलमा अब नेपालको सामना श्रीलंकासँग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *