Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैकल्पिक योजना बिना विद्यालय भत्काइएको भन्दै नेविसंघको आपत्ति

वैकल्पिक योजना बिना विद्यालय भत्काइएको भन्दै नेविसंघको आपत्ति

नेपाली कांग्रेस निकट नेविसंघले २७५ विद्यार्थी अध्ययनरत सरस्वती आधारभूत विद्यालय डोजर लगाएर भत्काइएकोप्रति आपत्ति जनाएको छ।

नेविसंघले २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय हटाउँदा वैकल्पिक व्यवस्था नगरेको भन्दै २७५ विद्यार्थीको पठनपाठन प्रभावित भएको बताएको छ। आगामी शैक्षिक सत्र सुरु हुनुअघि नै यस्तो कदम चाल्नु गम्भीर र आपत्तिजनक भएको उसको भनाइ छ।

संगठनले तत्काल अस्थायी कक्षा सञ्चालन, वैकल्पिक स्थान र शैक्षिक सामग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *