Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सरकारले सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उनलाई आईजीपी बनाउने निर्णय गरेको हो। वर्तमान आईजीपी राजु अर्याल ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन्।

१११औँ टोलीका अधिकृत पौडेल यसअघि बाहिनी प्रमुख तथा विभिन्न महत्वपूर्ण युनिटको जिम्मेवारी सम्हालिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *