काठमाडौं । लगातार दुई हारपछि नेपालले आईसीसी महिला च्यालेन्ज ट्रफीमा रुवान्डालाई ३८ रनले हराउँदै उत्कृष्ट पुनरागमन गरेको छ।
१०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा ६४ रनमै समेटियो।
नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान २–२ विकेट लिए।
यसअघि नेपालले २० ओभरमा १०३ रन बनाउँदा कप्तान इन्दु वर्मा ३३ रनमा अविजित रहिन्।
यो जितसँगै नेपाल ६ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ।


