काठमाडौं । सरकारले थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। नयाँ अध्यादेशहरूमा स्वास्थ्य सेवा, केही नेपाल ऐन संशोधन तथा अर्को एक अध्यादेश समावेश छन्।
केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमार्फत १२ वटा ऐनमा संशोधन गर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ।
यसअघि पनि सरकारले संवैधानिक परिषद् र सहकारी ऐन सम्बन्धी अध्यादेश जारी गरिसकेको छ।


