काठमाडौं । देशका विभिन्न क्षेत्रमा खराब मौसमका कारण बुधबार दिउँसोदेखि हवाई उडान प्रभावित बनेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अनुसार आन्तरिक उडानमा ढिलाइ भएको छ भने सिमरा, पोखरा, विराटनगर र भैरहवा गन्तव्यका उडान प्रभावित भएका छन्।
त्यस्तै, अन्तरराष्ट्रिय उडानका केही जहाजहरू मौसम प्रतिकूलताका कारण आकाशमै ‘होल्ड’मा राखिएको विमानस्थलले जनाएको छ। मौसममा सुधार आएपछि उडानहरू क्रमशः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।


