Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नागरिककै हितमा अध्यादेश ल्याइएको दाबी

नागरिककै हितमा अध्यादेश ल्याइएको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह का राजनीतिक सल्लाहकार असीम साह ले सरकारले ल्याएका अध्यादेश नागरिकको हितका लागि भएको बताएका छन्।

अध्यादेशको आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत राज्य संयन्त्रलाई प्रभावकारी बनाउन र जनसरोकारका काम रोकिन नदिन यस्तो कदम चालिएको स्पष्ट पारे।

उनका अनुसार वैशाख १४ को मन्त्रिपरिषद् बैठकले प्रशासनिक जटिलता हटाउने उद्देश्यसहित अध्यादेश स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रमाणीकरणका लागि पठाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *