काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
नेपालमा पनि श्रमिक अधिकार, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र रोजगारीका विषयमा छलफलसहित कार्यक्रम आयोजना भएका छन्। वैदेशिक रोजगारी, प्रविधि विकास र बदलिँदो श्रम बजारका चुनौतीबीच श्रमिकको हकहित सुनिश्चित गर्न जोड दिइएको छ।
सरकारले हाल न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ भने सामाजिक सुरक्षा कार्यक्रममा लाखौँ श्रमिक आवद्ध भइसकेका छन्।


