काठमाडौं — इरानमाथि सम्भावित नयाँ सैन्य कारबाहीका लागि अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने विकल्पबारे छलफल गरेको रिपोर्ट सार्वजनिक भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘छोटो तर शक्तिशाली हमला’सम्बन्धी योजना बुझाएको बताइएको छ।
योजनामा इरानका सैन्य संरचना, प्रमुख नेतृत्व र पूर्वाधारलाई निशाना बनाउने विकल्प समावेश छ। साथै ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइल प्रयोगको सम्भावना पनि उल्लेख गरिएको छ।
यसबीच, युद्धसम्बन्धी कानुनी प्रक्रिया र संसद् अनुमतिबारे अमेरिकाभित्रै बहस चर्किएको छ।


