काठमाडौं । मोरङ उद्योग व्यापार संघले भन्सार विन्दुमै एमआरपी अनिवार्य गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ।
संघले उपभोक्ता संरक्षणको उद्देश्य सकारात्मक भए पनि पर्याप्त तयारी र स्पष्ट कार्यविधि बिना लागू गर्दा आयातकर्तामा अन्यौलता बढेको र भन्सार जाँचपास प्रभावित भएको जनाएको छ।
एमआरपीको आधारमा उच्च भन्सार मूल्यांकन अव्यवहारिक रहेको भन्दै यसले आपूर्ति प्रणाली, मूल्य स्थिरता र व्यवसायमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।
संघले सरोकारवालासँग छलफल गरी व्यवहारिक कार्यान्वयन हुने गरी नीति परिमार्जन गर्न सरकारसँग आग्रह गरेको छ।


